बिएल संवाददाता
संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न छानबिन समिति गठन भएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सचिव को संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी गराए ।
केही सदस्यहरूले आपत्तिजनक र अमर्यादित व्यहार प्रदर्शन गरेको भौतिक हानीनोक्सानी र क्षति पुर्याउने काम गरेको व्यहोरा प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम बैठक सकिएपछि आफूलाई विस्तृतमा जानकारी आएको सभामुखले संसदमा जानकारी गराएका छन्।
‘सो विषयका सम्बन्धमा मुचुल्कासमेत तयार भइसकेको र यस विषयमा थप जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यहोरा जानकारी गराउँछु,’ सभामुखले भने।
साथै प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अगाडी बढाउन सकिने सभामुखले संसदमा जानकारी गराए।
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया