बिएल संवाददाता
जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुभमेन्टले प्रधानमन्त्रीलाई देशद्रोहको अभियोगमा तत्काल पक्राउ गर्न माग गरेको छ।
प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले राष्ट्रिय हित, परराष्ट्र नीति तथा नेपालको कूटनीतिक अडानसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरू उठाएको मुभमेन्टको ठहर छ।
‘वालेन्द्र शाहलाई तत्काल देशद्रोहको अभियोगमा पक्राउ गर्नुपर्छ,’ मुभमेन्टले भनेको छ, ‘प्रधानमन्त्रीको हैसियतमा सार्वभौम संसदमा उक्त कुरा राख्नु नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथिको नांगो प्रहार हो।’
मुभमेन्टले देशभरका जनतालाई तत्काल प्रदर्शनमा उत्रिन, आजै प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न र नियन्त्रणमा लिन आह्वान गरेको छ।
‘वालेन्द्र शाह प्रधानमन्त्रीको पदमा रहँदा देशको भूभाग गुम्ने, राष्ट्रियता खतरामा पर्ने र देश आपसी गृहयुद्ध साथै छिमेकीसँग द्वन्दमा जानसक्ने खतरा प्रति सचेत रहन देशवासीलाई आह्वान गर्दछौं। जेन्जी आन्दोलनमा सिंहदरबार ,शितल निवास, सर्वोच्च अदालत लगायत देश जलाउनुमा बालेन्द्र शाहको प्रमुख भूमिका रहेको समेत उजागर भएको छ,’ जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
साथै जेनजी मुभमेन्ट नेपालले सुरक्षा निकायलाई पनि देशमा उत्पन्न हुन सक्ने विषम परिस्थितिको लागि तयार रहन सचेत गराएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया