आइतबार, ३१ मे २०२६

रोल्पाको माडीमा बलियो बन्दै रास्वपा

News Image
• • •

रोल्पाको माडी गाउँपालिकाका ६ मध्ये ४ वडामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ।

माडी गापा–१ ओतमा शिवराज घर्तीमगरको सभापतित्वमा नौ सदस्यीय वडा समिति गठन गरिएको रास्वपा रोल्पाले जनाएको छ  

उपसभापतिमा देउप्रसाद डाँगी, सचिवमा दिपेन्द्र घर्तीमगर र सदस्यहरूमा विकास घर्तीमगर, गौतम घर्तीमगर, कमलप्रकाश विक, हिमा वली, जीवन विक र मनिषा रसाइली रहेका छन्।

वडा सभापति शिवराज घर्तीमगरले विभिन्न चुनौती पार गर्दै वडामा पार्टीको संगठन विस्तार गर्न सफल भएको बताए। उनले भने, ‘माडी–१ ओतमा विभिन्न चुनौतीहरू हुँदा पनि रास्वपाको संगठन विस्तार गर्न सफल भएका छौं। अब हामी धेरै पार्टी सदस्यहरू बनाउन सक्रिय हुने छौं।’

त्यस्तै माडी गापा–३ तालाबाङमा पनि रास्वपाले वडा अधिवेशन सम्पन्न गरेको छ। राजकुमार घर्तीमगरको सभापतित्वमा नौ सदस्यीय वडा समिति गठन गरिएको छ। समितिका उपसभापतिमा ध्वजबहादुर खड्का, सचिवमा निर्मलाकुमारी घर्तीमगर र सदस्यहरूमा रुपा घर्तीमगर, निर्मला विक, नन्दबहादुर बुढामगर, बिना घर्तीमगर, दिपेन्द्र बुढामगर र तुल्सीराम घर्तीमगर रहेका छन्।

वडा सभापति राजकुमार घर्तीमगरले वडामा पार्टीको नीति, नियममा केन्द्रीत रहेर इमान्दारीपूर्वक काम गर्ने बताए। उनले भने, ‘माडी–३ मा पार्टीका लागि इमान्दारपूर्वक काम गर्ने छु। सबैसँग समन्वय र सहकार्य गरेर पार्टीलाई पहिलो बनाउन प्रयास गर्ने छु।’

त्यसैगरी माडी गापा–४ खर्सुडाँडामा पनि रास्वपाले वडा अधिवेशन सम्पन्न गरेको छ। नवराज विकको सभापतित्वमा एघार सदस्यीय वडा समिति गठन गरिएको छ। समितिका उपसभापतिमा गंगाराम खड्का, सचिवमा हरिप्रसाद डाँगी र सदस्यहरूमा गणेश विक, सुमन घर्तीमगर, रिता खड्का, थुम्रा विक, लालसरा खड्का, चन्द्रबहादुर विक, तिला डाँगी र दिलकुमारी विक रहेका छन्।

वडा सभापति नवराज विकले माडी गापा–४ मा रास्वपालाई पहिलो पार्टी बनाउन कार्य योजना बनाएर अघि बढ्ने बताए। उनले भने, ‘माडी–४ मा रास्वपाको संठनलाई बलियो बनाउन पहल गर्ने छु। त्यसको निम्ति अहिले देखि नै कार्य योजना बनाएर अघि बढ्ने सोचेको छु।’

माडी गापा–५ भाबाङमा पनि रास्वपाले वडा अधिवेशन सम्पन्न गरेको छ। मनोज वलीको सभापतित्वमा सात सदस्यीय वडा समिति गठन गरिएको छ। समितिका उपसभापतिमा बमबहादुर बुढामगर, सचिवमा सुकराम बुढामगर र सदस्यहरुमा केवल बुढामगर, अतिराम वली, धनराज घर्तीमगर र निरज खत्री रहेका छन्।

वडा सभापति मनोज वलीले भाबाङमा रास्वपालाई अबल पार्टी बनाउन आफू इमान्दरीपूर्वक अघि बढेको बताए। उनले भने, ‘भाबाङमा रास्वपालाई अरु पार्टी भन्दा हरेक हिसाबले नयाँ र फरक पार्टी बनाउन प्रयास गर्ने छु। सबैसँग समन्वय र सहकार्य गरेर भाबाङमा रास्वपालाई अबको चुनावमा पहिलो पार्टी बनाउँछु।’

रास्वपा रोल्पाका जिल्ला सभापति इन्जिनियर रमेश थापा क्षेत्रीले छोटो समयमा रास्वपाले माडी गापामा उत्साहजनक रुपमा संगठन विस्तार गर्न सफल भएको प्रतिक्रिया दिए। उनले भने, ‘रास्वपाले माडी गापामा करिव ६७ प्रतिशत वडाहरुमा संगठन विस्तार गर्न सफल भएको छ। यो अन्य वडा र पालिकाहरूको लागि पनि गजबको सिकाइ हुने देखिएको छ। सामूहिक प्रयासले यो सम्भव भएको हो।’

रास्वपाले वडा अधिवेशन सम्पन्न गर्न वडामा कम्तिमा २१ जना प्रमाणित पार्टी सदस्य हुनु पर्ने प्रावधान तोकेको छ। माडीका पाँच वडामा हरेकमा २१ भन्दा बढी प्रमाणित पार्टी सदस्य रहेको जिल्ला सचिव भुपेन्द्रसिंह वलीले जानकारी दिए। पछिल्लो समय माडीमा रास्वपाप्रतिको आकर्षण बढेर गएको सचिव वलीले दाबी गरे। स्थानीय तहको चुनावसम्म रास्वपामा थप आकर्षण बढ्ने उनले बताए।

रास्वपाले माडी गापा–२ घर्तिगाउँ र माडी गापा–६ कोर्चाबाङमा पनि वडा अधिवेशन सम्पन्न गर्न तत्काल पहल गर्ने माडी गापाका संयोजक राजकुमार विकले जानकारी दिए। उनले भने, ‘अधिवेशन सम्पन्न गर्न बाँकी दुईवटा वडामा पनि हामी चाँडै अधिवेशन सम्पन्न गर्न लागि परेका छौं। हामी वडामा पार्टी सदस्यहरू भित्रैबाट उपयुक्त नेतृत्वको खोजीमा छौं।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!