बिएल संवाददाता
नेकपा (एमाले)ले सरकारले ल्याएको बजेट गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ।
शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले बताए।
दुई तिहाइ प्राप्त गरेको सरकारको मुलुकको रुपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए।
उनले शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा पनि सरकारकाले प्रयाप्त ध्यान दिन नसकेको र बजेटको स्रोत सुनिश्चितता समेत भरपर्दो नरहेको उल्लेख गरे।
बैठकले दुईवटै सदनको दुई तिहाइले संविधान संशोधन गर्न सकिने भाव सहितको संसद नियमावली अघि बढाउन खोजिएको भन्दै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको उनले बताए।
बैठकले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनमा पार्टीको दृष्टिकोण आएपछि संसदीय दलले पनि त्यहि अनुसार धारणा बनाउने निर्णय गरेको महरले बताए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया