बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले न्यून आय भएका व्यक्तिहरूप्रति सरकारको ठूलो उदासीनता देखिएको बताएका छन्।
शनिबार पार्टी कार्यालय सानेपामा नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन गर्दै सभापति थापाले सरकारले ल्याएको बजेटमा कतिपय राम्रा कुराहरू समावेश भएपनि न्यून आय भएका व्यक्तिहरूप्रति ठूलो उदासीनता देखिएको बताएका हुन्।
वर्तमान सरकारले मुलुकबाट गरिबी हटाउने नाममा गरीबहरूमाथि नै विभेद गर्न खाजेको भन्दै उनले गरिबी र गरीब दुईटा फरक कुरा हो भन्ने मेसो सरकारले पाउन नसकेको धारणा राखे। सभापति थापाले बजेटमा संरचनागत सुधारका लागि थुप्रै सकारात्मक कुराहरूलाई अघि सारेकाले त्यसलाई स्वागत गर्दै आवश्यक कानून निर्माणमा मद्दत गर्ने उल्लेख गरे।
उनले प्रतिपक्षको जिम्मेवारी सानो जिम्मेवारी नभएको भन्दै सरकारलाई सजक गराउदै जनताको मुद्दा स्थापित गर्न गम्भीर भएर भूमिका निर्वाह गर्नुपर्ने बताए। यसका लागि सबैभन्दा पहिला ‘निर्वाचन हार्यौं, सत्ता सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गरेनौं’ भन्ने मनोदशाबाट बाहिर निस्कनुपर्ने उनको भनाइ छ।
सभापति थापाले आगामी निर्वाचनमा ७५३ पालिकामध्ये कम्तीमा पनि १०० वटा पालिकामा कांग्रेसको तर्फबाट मेयर वा अध्यक्षको उम्मेद्वार महिला बनाउने कोसिस भइरहेको बताए। स्थानीय तहको निर्वाचनमा लड्न चाहने इच्छा भएकाहरूले पार्टीको लिडरसीप एकेडेमीमा भर्ना हुनुपर्ने र आफूलाई योग्य सावित गर्नुपर्ने उनले बताए।
‘अर्को साल निर्वाचन छ, स्थानीय चुनाव आउँछ, प्रदेशको चुनाव आउँछ, यो पटक कम्तिमा पनि ७५३ मध्ये हामीले १०० पालिकामा नेपाली कांग्रेसको पार्टीको तर्फबाट मेयर अथवा अध्यक्षको उम्मेद्वार महिला बनाउनेगरी काम गर्नुपर्नेछ, अहिलेदेखि काम गरौं, अहिलेदेखी कोसिश गरौं। यसको लागि हामी सबै लाग्नुपर्छ। अहिलेदेखि आफैं मेहेनत गर्नुपर्नेछ, काम गर्नुपर्नेछ, कोसिस गर्नुपर्नेछ, लाग्ने हो भने गर्न सकिन्छ। यसको लागि हामीले इलेक्सन ब्युरो भनेर बनाएका छौं,’ थापाले भने।
कर्नालीका सुइना के साँच्चै हाम्मा सुइना हुन्?
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया