बिएल संवाददाता
सर्वोच्च अदालतले बिचौलिया दीपक भट्टसँग सम्पत्ति शुद्धीकरण कसुरमा जोडिएका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ।
शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले गोल्छाले धरौटी वा जमानतमा तिर्न नसकेमा मात्रै थुनामा राख्न परमादेश जारी गरेको हो।
सर्वोच्चले गोल्छालाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो।
यद्यपि अदालतले गोल्छाको बन्दी प्रत्यक्षीकरणको रिट पनि खारेज गरिदिएको छ। उनलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १४१ बमोजिम कानुनी व्यवस्थाअनुसार गर्न परमादेश भएकोले बन्दी प्रत्यक्षीकरणको आदेश गर्न नमिल्ने इजलासले ठहर गरेको छ।
नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई गत वैशाख १२ गते पक्राउ गरेको थियो।


‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया