बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलक्षित टिप्पणी गरेका हुन्।
उनले सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनु भन्दा लिपुलेक–कालापानी क्षेत्रमा ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘भोलिदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन्। नेपाली सेनालाई त्यहाँ पठाउनु नि? आफ्नो भूमि फिर्ता ल्याउनु पर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेन शाहले मेयर हुँदा? त्यो भूमि किन फिर्ता ल्याइँदैन? नेपाली सेना आज सुकुम्वासी वस्तीमा कि लिपुलेक कालापानीमा हुनुपर्ने? बालेन कहाँ छन्? बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने हो।’
प्रसाईंले सरकारको सुकुम्वासीप्रति व्यवहारप्रति पनि आलोचना गर्दै गरिबमाथि अन्याय भएको बताए।
‘गरिबहरूलाई जसरी रुवाइएको छ, त्यो देख्दा दुःख लाग्छ,’ उनले भने, ‘अर्काको निजी जग्गामा बस्न नदिने भनिन्छ, तर उनीहरू जाने ठाउँ खोलाको किनारमै हुन्छ। घर भनेको सबैको सपना हो। घर नभए सरकारी जग्गामा बस्नुपर्ने बाध्यता हुन्छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया