बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रका उद्योगी, व्यवसायीहरूसँग कुराकानी गरेका छन्।
छलफलमा सभापति लामिछानेले रास्वपाले वाचापत्रमार्फत धेरै कुरा राखेको र वास्तविक अर्थतन्त्रको विकासका लागि निजीक्षेत्रको समस्या सम्बोधनका लागि, आम सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष रुपमा सम्बोधन गर्न रास्वपाले रोड म्याप बनाएको बताएका छन्।
उद्योगी, व्यापारीहरूमाथि भइरहेको धरपकडबारे रविले सरकार सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहिरहेकाले यसमा केही असहज हुन सक्ने बताए।
‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईंहरूसँग बस्न चाहेको हो। तपाईंहरू डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन। हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहदैनौं,’ रविले भने, ‘तर, केही व्यवसायीहरू, पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको हो।’
यसका लागि बेलैमा नियन्त्रण गर्न त आवश्यक रहेको र सरकारले अहिले यही गरेको स्पष्ट पारे।
रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रसँग राखेका मुख्य विषयहरूः
•धेरै सुझाव तथा प्रश्नहरु राख्नुभएको छ, आज म धेरै बोल्ने भन्दा पनि सुन्नका लागि यहाँ उपस्थित भएको हुँ।
•रास्वपाले बाचापत्रमार्फत धेरै कुरा राखेको छ, वास्तविक अर्थतन्त्रको विकासका लागि निजीक्षेत्रको समस्या सम्बोधनका लागि, आम सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष रुपमा सम्बोधन गर्न रास्वपाले रोड म्याप बनाएको छ।
•प्राकृतिक स्रोतहरुको सदुपयोग गर्दै आर्थिक उत्पादनमा जोड दिन सकिन्छ। हामी त्यसलाई सदुपयोग गर्ने कि दुरुपयोग गर्ने भन्ने मुख्य सरोकारको विषय छ।
•सरकार बाचापत्र हेरेर चल्छ, हामीले यही देखाएर भोट मागेका हौं।
•तपाईहरुको सल्लाह, सुझाव छ, हामीले तपाईहरुको सरोकारमा हामीले विमती राख्नुपर्ने ठाउँनै छैन।
•तपाईले मलाई मेरो घरलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन टेक्नुपर्दैन। हामी तपाईहरुको समस्या सहजै सम्बोधन गर्न चाहन्छौं। पहिला तपाईहरुले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुन पनि भयो होला। तर हामी तपाईहरुलाई फरक ढंगबाट देखिनेगरी परिवर्तन महशुस गराउन चाहन्छौं।
•धरपकडका विषयमा म तपाईहरुलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौं । यसमा केही असहज हुन सक्छ ।
•तपाईहरुको क्षमता र सहयोगलाई साथमा लिएर नै अघि जान सक्छौं भनेर सरकार अघि बढेको हो ।
•रास्वपाको सरकार, हामीले लिएको लक्ष्य, उद्देश्य र आधार तपाईहरु नै हो ।
•७० वर्षदेखि खाडलको रुपमा रहेको दुरगतीलाई पुर्न सरकार अघि बढ्छ । स्पष्ट बहुमत हुँदाहुँदै पनि केही द्रुतमार्गको बाटो लिन आवश्यक परेको हो ।
•निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईहरुसँग बस्न चाहेको हो । तपाईहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहदैनौं ।
•तर, केही व्यवसायीहरु, पात्रहरुले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्नेगरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको हो ।
•यसका लागि सरकारले बेलैमा नियन्त्रण गर्न त आवश्यक छ । सरकारले अहिले यही गरेको हो ।
•आयातमुखी कि उत्पादनमुखी हुने भन्ने सवालमा हामी अवश्य यस जटिलतामा छौं ।
•रुग्ण उद्योगहरु सञ्चालनमा देखाउनुभएको चासो सराहनिय छ, हामी त्यसमा सकारात्मक छौं । निजीक्षेत्रलाई सञ्चालनका लागि अघि बढाउन पनि सरकार सकारात्मक छ ।
•प्रति १० जनामा १, २ जनालाई रोजगारी दिन सक्ला तर ८ जनालाई निजीक्षेत्रले नै रोजगारी दिने हो ।
•जलविद्युत उत्पादनमा आईपीओको सवालमा सरकार निर्मम बन्छ नै, घाटामा गएको कम्पनीलाई आईपीओ जारी गर्न दिएर जनताको पैसा डुबाउन हामी सक्दैनौं । यसमा सरकार स्पष्ट छ ।
•आय करमा सीमा घटाउने कुरामा सरकार सकारात्मक छ । आयको ५० प्रतिशत कर तिर्ने भन्ने कुरा जायज पनि छैन, हामी सुधारका लागि तयार छौं ।
•सनसेट ल का कुरा आएका छन्, त्यसका विषयमा सरकार, रास्वपा पार्टी गम्भीर छ । सम्बोधन हुन्छ ।
•सरकार निजीक्षेत्र, उत्पादक, उद्योगी, व्यवसायी सबैलाई सरकार सुरक्षा प्रदान गर्न तयार छ । रास्वपा प्रतिवद्ध छ ।
•एलडीसी ग्राजुएसन भएपछि केही असरहरु देखिन्छन् । तर यसबाट पर्न सक्ने असुविधामा सरकारले अरु कदम चाल्न पनि तयार छ ।
•हामीले गर्न खोजेको राजनीति अर्थराजनीति हो ।
•रास्वपा सरकार सही पोलिसी बनाएर निजीक्षेत्रलाई सहज र प्रोत्साहन गर्छ, कुनै स्वार्थ खोज्दैन ।
•एमआरपीको समस्या आउने बजेटले सम्बोधन गर्छ ।
•सरकार हाम्रो छ, तर सत्ता हाम्रो भइसकेको छैन । यसैले केही समय काम गर्न समय लाग्छ ।
•देशनै तस्करीमय भएको भन्ने सवाल उठेको छ । बोर्ड क्षेत्रमा जीवनयापन गर्न कठिन भयो भन्नेछ, हामीले जनजीवन पनि कठिन नबनोस् र व्यवसायीहरुले पनि सहज रुपमा सामान आयात गर्न र गैरभन्सार आउने सामाग्रीहरुको नियन्त्रणमा पनि सरकार सचेत बन्छ ।
•आयोजना अरु कम्पनी लाइसेन्सको विषयमा १० औं २० औं वर्ष लाग्ने समस्यालाई सरकारले द्रुत गतिमा काम गर्न चाहिरहेको छ । यसमा छिटो लाइसेन्स प्रदान गर्नेदेखि काम गर्ने गराउनेमा सरकार लागि पर्छ ।
•सुशासनको युगमा डिपाचरका लागि सबै क्षेत्र, सबैको योगदान आवश्यक छ । सडकमा ढलेका जेनजी भाइबहिनी मात्र होइन अरु क्षेत्र, हामी सबैको योगदान आवश्यक छ ।
•खिल निकाल्दा क्षणिक समयका लागि दुख्न सक्छ, समस्या हुनुसक्छ, तर अन्ततः यसले सबैलाई फाइदा नै पुग्छ ।
•वन ऐनमा सरकार अघि बढिसकेको अवस्था छ । समस्या पहिचान भइसकेको छ, यसको सुधारका लागि सरकार अघि बढिसकेको छ ।
•सरकारको स्थिरता, रास्वपाको लक्ष्य र उद्देश्यबाट कही कतै विचलित हुँदैन, निश्चिन्त हुनुहोला ।
•देशका नागरिकलाई कोही कसैलाई पनि घरबार बिहीन बनाउँदैनौं । आज केही समस्या भएको छ, तर यसले सधैधा लागि समस्या समाधान गर्छ । खोलाको किनारामा जोखिमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छ । सबैको सुरक्षा र प्रतिस्थापनामा सरकार लाग्छ, कसैलाई पनि घरबार बिहीन बनाउँदैन ।
•आउने दिनमा तपाईहरुलाई सरकारले बोलाउनेछ, कार्यक्रम हामी गर्छौ, तपाईको आवश्यकता हामीलाई हो ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया