बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएसँगै नयाँ गृहमन्त्रीमा सम्भावित नामहरूबारे चर्चा सुरु भएको छ।
बिचौलिया दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय बाहिरिएपछि गृहमन्त्री गुरुङले बुधबार राजीनामा दिएका थिए।
गुरुङको राजीनामासँगै रास्वपामा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछाने समूहबीच आफूनिकटलाई गृहमन्त्री बनाउने रस्साकस्सी सुरु भएको हो।
सम्भावित गृहमन्त्रीमा सभापति लामिछाने निकट दीपक बोहरा, मनिष झा र विश्वराज पोखरेलको नाम चर्चामा छ।
यता बालेन समूहले भने अमरेशकुमार सिंह र राजुनाथ पाण्डेमध्ये एकजनालाई गृहमन्त्री बनाउन लबिङ थालेको स्रोतले बतायो। यसअघि बालेन कोटाबाट सुधन गुरुङ गृहमन्त्री बनेकाले उनको ठाउँमा आफूहरूले नै पाउनुपर्ने बालेन समूहको अडान देखिएको छ।
यद्यपि राजीनामा लगत्तै सभापति लामिछाने भेट्न उनकै निवास पुगेका निवर्तमान गृहमन्त्री सुधन गुरुङले तत्काल छानबिन समिति बनाउन दबाब दिँदै समितिबाट क्लीन चिट पाएर पुनः मन्त्रालयको नेतृत्वमा फर्किने इच्छा व्यक्त गरेको बुझिएको छ।
गुरुङले सभापति लामिछानेसँग नयाँ गृहमन्त्री तत्काल नबनाउँन आग्रह गरेको बुढानिलकण्ठ स्रोतले बतायो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया