
बिएल संवाददाता
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ।
राष्ट्रिय मुक्ति क्रान्तिले गत फागुन १४, १५ र १६ गते काठमाडौँमा भएको विशाल प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै अर्काे चरणका कार्यक्रमहरु घाेषणा गरेकाे हाे।
अब जेठ ६ गतेदेखि आगामी असार ४ गतेसम्म देशभर विभिन्न गतिविधि मार्फत संघर्षका कार्यक्रम अगाडि बढाउने बताइएको छ। जसअन्तर्गत अन्तरक्रिया, विरोध र आमसभाजस्ता कार्यक्रमहरु रहेका छन्।
त्यस्तै देशभरि भेटघाट, प्रशिक्षण र तयारी कार्यक्रमहरुअन्तर्गत जेठ २१ गते दाङ, जेठ २६ गते विराटनगर, जेठ २९ गते बुर्तिवाङ, असार १ गते लालबन्दी र असार ४ गते काठमाडौँको माइतीघरमा जनप्रदर्शन गर्ने भएको छ।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया