बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहको १२ वर्ष पुरानो र्याप ब्याटललाई लिएर यौनिक अल्पसंख्यक समूदायका केही व्यक्तिहरूले साइबर ब्यूरोमा उजुरी दिएका छन्।
१२ वर्षअघि युट्यूवमा अपलोड भएको बालेन र लिटल ग्रिजलको र्याप ब्याटलमाथि आपत्ति जनाउँदै तेस्रोलिंगी समूदायका वन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुनले आज उजुरी दिएका हुन् ।
प्रहरीले उजुरीलाई प्रक्रियामा लैजाने आश्वासन दिए पनि दर्ता भने गरिसकेको छैन।
उक्त र्याप भिडिओमा महिलाविरोधि तथा यौनिक अल्पसंख्यक समूदायमाथि घृणा फैलाउने खालका थुप्रै अश्लिल, स्त्रीद्वैषी र तेस्रोलिंगी समुदायलाई अपमानित गर्ने शब्दहरू रहेको दाबी गरिएको छ।
र्याप ब्याटलमा प्रयोग भएका हिँजडा, छक्का जस्ता शब्दहरूले यौनिक अल्पसंख्यक समूदायको मानमर्दन भएको ब्यूरोमा दिइएको उजुरीमा गुनासो गरिएको छ।
उजुरीमा भनिएको छ, ‘बालेन्द्र शाह हाल नेपालको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को रुपमा उच्च ओहदामा रहेका सार्वजनिक पद धारण गरेका व्यक्ति हुनुहुन्छ। यस्तो उच्च ओहदामा रहेका व्यक्तिसँग सम्बन्धित भिडिओ सामग्रीले महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायविरुद्ध यौन हिंसा र भेदभावलाई प्रश्रय दिनुका साथै सामाजिक वातावरणलाई विषाक्त बनाएको छ। यसप्रकारको सामग्रीले महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति असुरक्षित र शत्रुतापूर्ण वातावरण सिर्जना गर्छ।’
उनीहरूले बालेनलाई भिडियो हटाउन, सार्वजनिक रुपमा माफी माग्न र भिडियोको कमाई यस समुदायको सकारात्मक सन्देश सम्प्रेषण हुने काममा खर्च गर्न माग गरिएको छ।
साथै बालेनबाट उचित क्षतिपूर्ति दिलाई भराउन पनि उजुरीमा माग गरिएको छ।
यस्तो छ उजुरी—




नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया