बिएल संवाददाता
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध खुलाउने विषयमा तीन सन्देश दिएका छन्।
सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद संचालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको संदेश दिएका छन्।
सभामुखले प्रधानमन्त्री र ओलीलाई दिएका तीन सन्देश:
१) प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्। म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्ने चाहन्छु। जति बल गरेर संसद चलाएपनि एक क्षणमा त सहमति गर्नैपर्छ। पछि होइन, अहिल्यै सहमति गर्नुहोस्। भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस्।
२) नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश जाँदैन।
३) सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन। अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ।
सभामुखको सन्देशपछि प्रधानमन्त्रीले पुनः कांग्रेससँग बसेर सहमति गर्ने बताएका सभामुखको सचिवालयले जानकारी दिएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया