बिएल संवाददाता
ट्रकको ठक्करबाट ज्यान गुमाएका ट्राफिक प्रहरीका निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन्।
गत चैत २९ गते तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
लामाको बीएन्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार मात्र उनको स्वयम्भूमा दाहसंस्कार गरिएको हो।
दुर्घटनामा परि निधन भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको आज स्वयम्भुमा अन्त्येष्टि गरिएको छ ।
लामालाई श्रद्धाञ्जली अर्पण गृहमन्त्री सुधन गुरुङसहित प्रहरी आईजीपीलगायत उच्च अधिकारी स्वयम्भु पुगेका थिए। गृहमन्त्री गुरुङले लामाको शव काँधमा बोकेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।
इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया