बिएल संवाददाता
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।
सत्तारुढ दलका शीर्ष नेताहरु छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्रीले यसअघि आजै बिहान कांग्रेसका नेताहरूसँग छलफल गरेर सहकारी प्रकरणमा संसदीय समिति बनाउन सहमति जनाएका थिए।
सहकारीको रकम हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय छानबिन समिति माग गर्दै आएको छ। सहकारी ठगिमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेको भन्दै कांग्रेसले उनीविरुद्ध पनि छानबिन हुनुपर्ने माग गर्दै आएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया