बिएल संवाददाता
जिल्ला प्रहरी परिसर काठमाडौंले ओली–लेखकमाथि अनुसन्धान जारी रहेको स्पष्ट पारेको छ।
प्रहरीले कार्यालयमा दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन भइरहेको भन्दै त्यस्तो नगर्न अनुरोध गरेको हो।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसूरका आरोपीहरू केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा जमानीमा राखेर अनुसन्धान भइरहेको बताए।
प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा एक युट्युब च्यानलमा ‘ओली–लेखकको अनुसन्धानमा झेल?’ शीर्षकमा भिडियो सामग्री प्रसारण गरेकोप्रति ध्यानाकर्षण भएको बताउँदै आरोपीहरूमाथि अनुसन्धान जारी रहेको स्पष्ट पारिएको छ।
‘स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौंको कानुनी रायपरामर्शमा अनुसन्धान भइरहेकामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएकाले भ्रामक, अप्रमाणित सूचना सृजना एवं प्रसारण/प्रकाशन नगर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रतिक्रिया