बिएल संवाददाता
सर्लाहीमा दलहरूले भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध कडा विरोध जनाएका छन्।
आइतबार बसेको सर्वदलीय बैठकले नेपाल सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेको हो।
सर्लाही जिल्लाका आम नागरिकले विगत देखि भारतिय नम्बर प्लेटको गाडी ३० कि.मि. सम्म सहज तरिकाले आवत जावत गर्दै आइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षाको नाममा नियोजित तरिकाले भारतीय नम्बर प्लेटको गाडी बन्द गर्ने र विना भन्सारको चलाउन नदिने मानसिकता देखिएकोले भन्दै दलहरूले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई भारतीय नम्बर प्लेटको गाडी पूर्ववत् अवस्थामा नै सञ्चालनको लागि आग्रह गर्दै दलहरूले त्यस अनुरुप नभएमा चरणवद्ध आन्दोलनको कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन्।
विज्ञप्तिमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष राम स्वार्थ महतोले हस्ताक्षर गरेका छन्।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया