बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहलगायत नेताहरूलाई अश्लिल गालीगलौज गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ परेपछि सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागेको भन्दै आलोचना सुरु भएको छ।
अश्लिल स्टाटस र नेताहरूलाई गाली गरेको भरमा सत्ताको नेतृत्वमा पुगेको बालेन सरकारले सत्ता सम्हाले लगत्तै आलोचकहरूको मुख थुन्न थालेको र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेतादेखि जेनजी अगुवाहरूले नै आलोचना थालेका हुन्।
साढे ५ वर्षअघि अश्लिल र्याप गाएको आरोपमा तत्कालिन सरकारले र्यापर भीटेनलाई पक्राउ गरेपछि बालेनले त्यतिबेला सामाजिक सञ्जालमा लेखेको स्टाटस यतिबेला पुनः चर्चामा आएको छ।
त्यतिबेला बालेनले ‘नेपाल प्रहरी भीटेनको मिडिया र पार्टनर बनेको’ भन्दै ‘प्रहरीको अरु केही काम छैन र?’ भन्दै प्रश्न गरेका थिए।
यतिबेला आफूलाई आलोचना गर्ने युट्युबरलाई पक्राउ गरेपछि जेनजी अगुवा तनुजा पाण्डे र भावना राउतले बालेनको स्टाटस सेयर गर्दै सरकारको आलोचना गरेका छन्।
भावनाले बालेनको स्टाटस सेयर गर्दै भनेकी छन्, ‘चयनात्मक सक्रियता!’
अर्की जेनजी अगुवा पाण्डेले पनि बालेनको स्टाटस सेयर गर्दै भनेकी छन्, ‘अभिव्यक्तिको स्वतन्त्रता चयनात्मक रूपमा लागू गर्न सकिँदैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया