बिएल संवाददाता
एमाले महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको सम्बन्ध स्वार्थले जोडिएको दाबी गर्दै लामो समय नटिक्ने ठोकुवा गरेका छन्।
नयाँ वर्षको अवसरमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै महासचिव पोखरेलले रवि–बालेन एकता लामो समय चल्न नसक्ने बताएका हुन्।
‘चुनावका लागि दुवै मिले। स्वार्थका लागि मिलेका छन्। मन मिलेको छैन भन्ने कुरा त बुझिन्छ त। जब कुनै पनि राजनीतिक आन्दोलनभित्र स्वार्थले मात्र जोड्दछ, विचारले भावनाले जोडेको हुँदैन त्यो एकता लामो समयसम्म चल्न सक्दैन भन्ने कुरा हाम्रै आफ्नो नेकपा एकता कालको अनुभवले पनि बताउँछ,’ उनले भने, ‘त्यहाँ पनि स्वार्थले काम गर्यो। यहाँ पनि स्वार्थले काम गरेको छ भन्नुको अर्थ के हो भन्दाखेरी यसको पनि भविष्य लामो हुन सक्दैन।’
उनले एमाले सत्तामुखी बन्दै जाँदा जनतासँग सम्बन्ध टुटेको स्वीकार गर्दै ५ वर्षका लागि सत्ताबाट बाहिर पुगेकाले अब फेरि जनतासँग जोडिने कार्यक्रममा जाने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया