बिएल संवाददाता
नेकपा एमाले सम्बद्ध युवा–विद्यार्थीहरूले पार्टी मुख्यालय च्यासलमा धर्ना दिने भएका छन्।
उनीहरूले महासचिव शंकर पोखरेलको राजीनामा माग्दै दिउँसो १ बजे धर्ना दिन लागेको बताएका छन्।
‘महासचिव शंकर पोखरेलको कार्यशेली कै कारण पार्टी गम्भीर संकटमा छ। पार्टीभित्र गुटबन्दी मौलाएको छ। युवालाई निषेध गर्ने काम भइरहेको छ। त्यसको विरोधमा आज हामी महासचिवको विरोध गर्छौं, राजीनामा माग्छौं,’ एक युवाले भने।
युवा–नेता तथा सांसद सुहाङ नेम्बाङलाई संसदीय दलको नेता बन्ने प्रक्रियामा अवरोध गरेपछि पार्टीको युवापंक्ति महासचिव पोखरेलमाथि झन् खनिएको छ।
एमालेका युवाहरूले महासचिवविरुद्ध हिजो साँझ लैनचौरदेखि च्यासलसम्म मार्चपास पनि गरेका थिए। मुलतः युवा जमात पार्टी नेतृत्वको कार्यशैलीसँग सन्तुष्ट छैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया