बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन्।
प्रधानमन्त्रीले आज साँझ ६ बजे नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका हुन्।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, दलहरुबीच सहमति नजुट्दा दिउँसो २ बजेसम्म बैठक सारिएको छ। अहिलेसम्म दलहरुबीच कुनै पनि ठोस सहमति नभएकाले २ बजेको बैठक पनि अन्योलमा परेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया