बुधबार, ०१ अप्रिल २०२६

चलचित्र प्राविधिकमाथि कुटपिट गर्ने आरआर स्ववियु सभापति लोकेश खड्का प्रहरीको उच्च निगरानीमा

News Image
• • •

नेपाल प्रहरीले एमालेको सडक प्रदर्शनका क्रममा बबरमहलमा सडकमा हिँडिरहेका व्यक्तिमाथि आक्रमण गर्ने आरआर स्ववियु सभापति लोकेश खड्कालाई उच्च निगरानीमा राखेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बबरमहलमा नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)का सक्रिय सदस्य तथा प्रकाश व्यवस्थापक सुवास खतिवडामाथि सांघातिक आक्रमण भएको भिडियो प्राप्त भएको छ। भिडियोअनुसार कुटपिटमा संलग्न एकजना प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसका स्ववियु सभापति खड्काको पहिचान खुलेको छ।

एमाले कार्यकर्तालाई झोले भनेपछि कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो। तर, वास्तविकता फरक देखिएको छ। सडक खाली गर्ने क्रममा प्रहरीबाट ठेलिएर भिडमा पुगेका बेला खतिवडामाथि एमाले कार्यकर्ताले निर्घात हमला गरेका प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न अन्यको पनि पहिचानको काम भइरहेको प्रहरीले जनाएको छ। पहिचान खुलिसकेका खड्काको खोजी सुरु भइसकेको प्रहरीले जनाएको छ।

नेफ्टाले विज्ञप्ति जारी गर्दै आफ्ना सदस्यमाथि कुटपिटमा संलग्नहरूमाथि कारबाहीको माग गरेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!