बिएल संवाददाता
निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका उम्मेदवार मातृका यादवको जित आफ्नो वेबसाइटमा दर्ता गरेको छ।
सोमबार नै विजयी घोषणा गरिए पनि आयोगले यसअघि उनको नाम वेबसाइटमा समावेस गरेको थिएन। यद्यपि उनलाई निर्वाचन अधिकृतको कार्यालयले भने सोमबार साँझै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिसकेको थियो।
रास्वपाका उम्मेदवार किशोरी साह कालोचूचीमा रहेको भन्दै निर्वाचन आयोगले अन्तिम समयमा उनको उम्मेदवारी खारेज गरेको थियो। आयोग स्रोतका अनुसार उम्मेदवारी नै खारेज हुँदा पनि रास्वपाको चुनाव चिन्हमा सर्वाधिक मत खसेको छ।
आयोगले रास्वपाका साहले पाएको मतको छुट्टै लगत राखि मतपरिणाम सार्वजनिक गरेको छ।
उनको मुद्धामा सर्वोच्च अदालतले फागुन २९ गतेका लागि पेसी तोकेको छ।

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया