बिएल संवाददाता
रास्वपा वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देशको जवाफ फर्काएका छन्।
मोदीले सोमबार रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन सम्पर्क गरेर बधाइ दिएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
बालेनले मंगलबार मोदीको पोस्टमा रिप्लाइ गर्दै धन्यवाद दिएका हुन्।
उनले भनेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री narendramodi ज्यू, नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।’
सभापति रवि लामिछानेले भने सोमबार नै अंग्रेजी भाषामा मोदीलाई धन्यवाद दिएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया