बिएल संवाददाता
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अहिले नै राजीनामा नदिन सभापति गगन थापालाई सुझाव दिएका छन्। निर्वाचनमा नेपाली काँग्रेसको निकै कमजोर मतपरिणाम आएपछि थापाले राजीनामा दिने ‘मुड’ बनाइरहेका बेला उनले यस्तो सुझाव दिएका हुन्।
गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसले १८ सिटमा मात्रै जितेको छ। सभापति थापालगायत सबैजसो पदाधिकारीहरू निर्वाचनमा पराजित भएका छन्।
यस्तो परिणामपछि काँग्रेसभित्रैबाट सभापति थापाको राजीनामा माग पनि भइरहेको छ। भने कतिपयले राजीनामा नदिन भनेका छन्। मंगलबार मात्रै उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेर सभापति थापाले राजीनामा दिने विचार गरेको बताएका थिए। तर शर्माले पनि अहिले नै राजीनामाका लागि हतार नगर्न भनेका थिए।
काँग्रेस नेता भण्डारीले पनि अहिलेको अवस्थामा काँग्रेसलाई बचाउनु नै मूल दायित्व भएको बताउँदै उनले यस्तो बेलामा पार्टी छोडेर नहिँड्न भनेका छन्।
‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो’ भण्डरीले सामाजिक सञ्जालमा लेखेका छन् ‘अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व हो । आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो । यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन।’
उनले उसै पनि नेपाली राजनीतिमा नैतिक मृतप्राय भइसकेको भन्दै त्यसलाई नयाँ सोंच र नयाँ नेतृत्वको विरुवा रोपेर जगाउनुपर्ने पनि बताएका छन्।
‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरीसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ’ उनले भनेका छन् ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो।’
गत पुस अन्तिममा विशेष महाधिवेशन आह्वान गरेर थापा काँग्रेसका सभापति भएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया