बिएल संवाददाता
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमध्ये सबै १६५ क्षेत्रकै मतगणना सकिएको छ। अब समानुपातिकतर्फ देशभरिका लगभग १३ निर्वाचन क्षेत्रको मत गन्न बाँकी छ।
मतपरिणामअनुसार धनुषा १ को बाहेक अरु सबै क्षेत्रमा अन्तिम परिणाम घोषणा भइसकेको छ। यहाँ भने राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना उम्मेदवारको उम्मेदवारी खारेज भएको थियो। तर उनको पनि अत्यधिक मत आएको छ। अदालतको आदेशअनुसार अहिलेका लागि उक्त क्षेत्रको घोषणा बाँकी रहेको हो।
प्रत्यक्षतर्फ सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ। रास्वपाले प्रत्यक्षमा १२५ सिट हासिल गरेको छ। त्यस्तै नेपाली काँग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृतीले ३ र राप्रपाले एक सिट ल्याएको छ। एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्।
समानुपातिकमा अहिलेसम्म लगभग १ करोड ३ लाखभन्दा बढी मत गणना भइसकेको छ। यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग ५० लाख नघाएको छ। त्यस्तै नेपाली काँग्रेसले लगभग १६ लाख र नेकपा एमालेले १४ लाख समानुपातिक मत पाएका छन्। श्रम संस्कृती र राप्रपाले पनि थ्रेस होल्ड कटाएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया