बिएल संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई र शुभकामना दिएका छन्। फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा ‘अभूतपूर्व’ परिणाम ल्याएको रास्वपा देशको पहिलो पार्टी बनेको छ।
निर्वाचनको अन्तिम परिणाम आएसँगै भारतीय प्रधानमन्त्री मोदीले पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहलाई टेलिफोन गरेर बधाई र शुभकामना दिएका हुन्।
मोदीले दुवै नेतालाई टेलिफोनमार्फत बधाई र शुभकामना दिएको दुई देशको पारस्परिक सम्बन्धलाई अझ मजवुत बनाउन सँगै काम गर्न उत्सुक रहेको इच्छा व्यक्त गरेको बताएका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो। दुवै नेताहरूलाई उनीहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको शानदार सफलताको लागि बधाई दिएँ’ मोदीले सामाजिक सञ्जालमा लेखेका छन् ‘नयाँ सरकारको लागि उनिहरूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको पारस्परिक समृद्धि, प्रगति र कल्याणका लागि सँगै काम गर्ने भारतको प्रतिवुद्धता व्यक्त गरेको छ।’
मोदीले आगामी दिनमा पनि दुवै देशको संयुक्त प्रयासमा नेपाल भारतको सम्बन्ध थप नयाँ उचाइँमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया