बिएल संवाददाता
एमाले नेता प्रदीप ज्ञवालीले प्रतिनिधि सभा निर्वाचनमा प्राप्त परिणाम पार्टीका लागि गम्भीर धक्का भएको बताएका छन्।
गुल्मी–१ बाट पराजित नेता ज्ञवालीले बीबीसी नेपाली सेवासँगको कुराकानीमा यो परिणामपछि पार्टीले नीति, शैलीदेखि नेतृत्वको भूमिका र विकल्पसम्ममा छलफल गर्ने बताएका हुन्।
‘हाम्रा निम्ति यो गम्भीर धक्का हो, यसलाई स्वीकार गर्न हामीले कुनै संकोच मान्नुपर्दैन,’ उनले भनेका छन्, ‘त्यस्ता धेरै मुद्धाहरूलाई बोक्ने हाम्रो संरचनामा ठूलै परिवर्तन, सुधारको खाँचो यो निर्वाचनले देखाएको छ।’
पार्टीको नेतृत्व फेर्नेबारे सोधिएको प्रश्नमा उनले एउटा घटनाले पार्टीको भविष्य निर्धारण नहुने बताउँदै यद्यपि पार्टीका लागि यस्तो नतिजा गम्भीर धक्का भएको बताए।
उनले भने, ‘एउटा घटनाले एउटा राजनीतिक आन्दोलन र एउटा राजनीतिक पार्टीको समग्र भविष्य निर्धारित हुन्छ भन्ने म ठान्दिनँ। तर, पनि यो निकै गम्भीर धक्का हो। त्यसमा कुनै सन्देह छैन। जहाँ जहाँ नीति परिवर्तन गर्न जरुरी छ, त्यहाँ नीति परिवर्तन गर्छौं, जहाँ जहाँ शैली परिवर्तन गर्नुपर्ने छ, त्यहाँ शैली परिवर्तन गर्छौं। यदि यसमा व्यक्ति विशेषको, नेतृत्वमा रहेका मुख्यमुख्य (हामीहरूको) भूमिकाको समीक्षाको माग हुन्छ भने हामी त्यो गर्छौं र विकल्पको माग गर्छ भने त्यसमा पनि हामी छलफल गर्छौं।’
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया