बिएल संवाददाता
२०७९ को आमनिर्वाचनमा रास्वपाको पक्षमा आएको 'वालेन वेग'ले कसैलाई पनि बाँकि राखेन । यस क्रममा नेकपा संयोजक प्रचण्ड बाहेक यसअघिको चुनावमा राष्ट्रिय पार्टी भएका सात दलमध्ये पाँच दलका अध्यक्ष नै बढारिए ।
यसरी बढारिनेमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष के पी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत छन् ।
यसपटक नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड र रास्वपा सभापति रवि लामिछाने मात्र विजयी भएका छन् ।
लामिछाने त सुनामी दल रास्वपाका सभापति भैहाले । उनी यसपट पहिलाभन्दा पनि बढी मत ल्याएर विजयी भए ।
यसपटक जोगिएका भनेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मात्रै हुन् । उनी पनि माओवादी आधार क्षेत्र रूकुम पूर्व पुगेर मात्र जोगिएका हुन् ।
कहाँ को कसरी बढारिए ?
कांग्रेस सभापति गगन थापा यसपटक मधेश झरेर सर्लाही ४ बाट उम्मेद्वार बनेका थिए । उनलाई रास्वपाका डा. अमरेश सिंहले सिंहसँग ठूलो मतान्तरले पराजित गरे । सिंहले ३५,६८८ मत ल्याउँदा थापाले २२,८३१ मात्रै मत प्राप्त गरे ।
एमाले अध्यक्ष ओली झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग ठूलो मतान्तरले पराजित भए । शाहले ६८,३४८ मत ल्याउदा ओलीले जम्मा १८,७३४ मत मात्रै ल्याए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झापा–३ मा रास्वपाका प्रकाश पाठकसँग पराजित भए । पाठकले ३८,६७४ मत ल्याउँदा लिङदेनले १७,२९४ मत मात्रै प्राप्त गरे ।
सप्तरी–३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रास्वपाका अमरकान्त चौधरीसँग दोब्बरभन्दा बढी मतले हारे । चौधरीले २९,९४३ मत ल्याउँदा यादवले १३,४३५ मत मात्रै ल्याए ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सप्तरी–२ मा पराजित भए । रास्वपाका रामजी रामले २२,१११ मत ल्याएर विजयी हुँदा डा. राउतले ७,९८३ मत ल्याएर तेस्रो भए । यस क्षेत्रमा जसपा नेपालका उमेशकुमार यादव १०,५४९ मतसहित दोस्रो भए ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया