बिएल संवाददाता
आमनिर्वाचन' ८२ मा उम्मेद्वार भएका एमाले पदाधिकारीहरू पूरै बढारिने क्रम जारी छ । केन्द्रीय पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित तीन उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट र पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, तीन सचिव महेश बस्नेत, डा. राजन भट्टराई र भानुभक्त ढकाल पराजित भैसकेका छन् भने दुई उपमहासचिव रघुबीर महासेठ र लेखराज भट्ट र सचिव शेरधन राई पराजित हुने क्रममा छन् ।
पार्टी अध्यक्ष ओली झापा ५ मा रास्वपा उम्मेद्वार बालेन शाहसँग ४९,६१४ मतले पराजित भएका छन् । बालेनले ६८,३४८ मत ल्याउँदा ओलीले १८,७३४ मत मात्र ल्याउन सके ।
उपाध्यक्ष विष्णु पौडेल रूपन्देही २ मा रास्वपा उम्मेद्वार सुलभ खरेलसँग ४३,६८९ मतान्तरले पराजित भए । सुलभले ५६,५५० मत ल्याउँदा पौडेलले १२,८६१ मत मात्र ल्याउन सके
अर्का उपाध्यक्ष गोकर्ण विष्टले गुल्मी २ मा रास्कवपा उम्मेद्वार गोविन्द पन्थीसँग कडा प्रतिस्पर्धा गरे पनि ५६१२ मतले् पारजित भए । रास्वपा पन्थीले १६,९६७ मत ल्याए भने एमालेका विष्टले १६,४०६ मत ल्याए ।
यसैगरी उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ पनि लम्जुङमा रास्वपा उम्मेद्वारसँगै १७,०२२ मतान्तरले पराजित भएका छन् । रास्वपाका धर्मराज केसीले ३३,८९८ मत ल्याउँदा गुरूङले १६,८७६ मत मात्र ल्याए ।
महासचिव शंकर पोखरेल दाङ २ मा रास्वपा उम्मेद्वार विपीन आचार्यसँग २८,२७२ मतले पराजित भए । विपिनले ४३,५५९ मत ल्याए भने पोखरेलको मतसंख्या १५,२८७ मात्र रह्यो ।
उपमहासचिव रघुबीर महासेठ धनुषा ४ मा तेस्रो स्थानमा धकेलिएर पराजित भए । रास्वपाका राजकिशोर महतो ४८,२७० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका महेन्द्र यादवले १५,८०९ मत ल्याए भने महासेठले ११, ५२९ मत ल्याए। महासेठ
यसैगरी अर्का महासचिव लेखराज भट्ट पनि कैलाली–४ मा ९,४४४ मतका साथ तेस्रो भए । रास्वपाका खेमराज कोइराला २८,५५६ मतसहित निर्वाचित हुँदा कांग्रेसका गोखरबहादुर विष्टले ११,३०१ मत ल्याए ।।
एमालेका तर्फबाट उम्मेद्वार रहेका चारैजना सचिव पनि पराजित भएका छन् । महेश बस्नेत भक्तपुर २ मा रास्वपा उम्मेद्वार राजीव खत्रीसँग ३१,३३८ मतले पराजित भए । खत्रीले ४२,३३४ मत ल्याउँदा बस्नेतले १०,९९६ मत मात्र ल्याए ।
अर्का सचिव डा. राजन भट्टराई त काठमाडौैं ४ मा उपविजेता पनि रहेनन् । रास्वपाका पुकार बमभन्दा उनी २३,४०९ मतले पछाडि परे । उनीभन्दा अगाडि कांग्रेस उम्मेद्वार सचिन तिमल्सेना रहे । बमले २९,१४२ मत ल्याए भने तिमल्सेनाले ८,८२४ र भट्टराईले ५,७३३ मत ल्याए ।
मोरङबाट तेह्रथुम सरेका सचिव भानुभक्त ढकाल पनि पराजित भए । उनी चाँहि कांग्रे उम्मेद्वार सन्तोस सुब्बासँग ८७९ मतले पराजित भए । सु्ब्बाले ११,५६१ मत ल्याए भने ढकालले १०,६८२ मत ल्याए ।
अर्का सचिव शेरधन राई भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग १,८८९ मतले पराजित भएका छन् । ध्रुवराजले १६,६६३ मत पाउँदा शेरधनले १४,७५० मत मात्र प्राप्त गरे ।
नेकपा एमालेका केन्द्रीय पदाधिकारीहरू लज्जास्पद हारसँगै सिंगो एमाले पार्टीकै शर्मनाक पराजय भएको छ । यो हारको जिम्मा कसले लिने ? अहिलेसम्म एमालेको तर्फबाट कोही बोलेको छैन र बोल्नेवाला पनि छैन । बोल्नुपर्ने पार्टी सुप्रिमो ओलीकै सातो गएको छ ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया