बिएल संवाददाता
आमचुनाव'८२को 'इपिसेन्टर' झापा ५ मा रास्वपाका वरिष्ठ नेता वालेन शाह विजयी भएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९,६१४ मतले पराजित गरेका हुन् ।
बालेनले ६८,३४८ मत ल्याउँदा ओलीले १८,७३४ मत मात्र ल्याउन सके ।
ओली ०७९ को चुनावमा यही क्षेत्रबाट कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८,५७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला ओलीले ५२,३१९ मत पाउँदा अधिकारीले २३,७४३ मत मात्रै ल्याएका थिए ।
जेनजी आन्दोलनको बेला दमनकारी सरकारको प्रमुख रहेका ओलीले आन्दोलनलाई नै डाङडुङ र हाहाहुहु भन्दै अपमानित गर्दैआएका थिए । यो लज्जास्पद हार त्यही अपमानको फल भएको धेरैले बताउने गरेका छन् ।
झापा ५ मा आफ्नो जुत्ता उठाए पनि जित्ने भन्दै आएका ओलीले यस्तो लज्जास्पद हारको कल्पना पनि गरेका थिएनन् होला । तर, यो त अब कल्पनाको कुरा रहेन, यथार्थमै उनी यति नराम्ररी हारेका छन् ।
यो लज्जास्पद हारसँगै ओलीको अहंकारको राजनीति पनि ढलेको छ। झापा विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका ओलीको पतन पनि झापामै पुगेर भएको छ।
रास्वपाले प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अघि सारेका बालेन प्रधानमन्त्री बन्ने लगभग पक्का भइसकेको छ। जारी मतगणनामा रास्वपाले प्रत्यक्षमै १०० भन्दा बढी सिट जित्ने पक्कापक्की भइसकेको छ।
सरकार गठनका लागि प्रतिनिधिसभामा १३८ सांसदको समर्थन आवश्यक हुन्छ। रास्वपा झन्डै दुईतिहाइ सिट जित्ने दिशामा अगाडि बढिरहेको छ ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया