बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेकाे रिटमा आज पेशी तोकिएको छ।
यादवको उक्त रिटकाे प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हाे।
आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै जसपा नेपालका अध्यक्ष यादवले साेमबार निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए।
रिट निवदेनमा राई नेतृत्वको जसपालाई दिएको आधिकारिकताकोे निर्णयलाई खारेज गर्न माग गरिएको छ।
यही वैशाख २३ गते राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए। सोही निवेदनको आधारमा निर्वाचन आयोगले यही वैशाख २४ गते आधिकारिकताको प्रमाणपत्र दिएको थियो।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद रहेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया