बिएल संवाददाता
सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडि बढ्न सकेन।
राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्तावसमेत आजको दुवै सदनमा अगाडी बढ्न नसकेको हो।
नीति तथा कार्यक्रम प्रस्तुतपछिको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको कांग्रेसले प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो।
त्यस्तै प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै कांग्रेस सांसद्हरुले वेल घेरेर नारबाजी गरेका थिए। सभामुख देवराज घिमिरे जबर्जस्ती बैठक संचालन गर्न खोजेको बुझेपछि कांग्रेसका सांसदहरु बैठक सुरु हुनासाथ नाराबाजी घेर्दै वेल घेर्न पुगेका थिए।
कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दैआएको आज राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्नदिने बाहेकका कार्यक्रम अवरोध गर्ने यस अघि नै जानकारी दिएको थियो।
अब दुवै सदनको बैठक जेठ ३ गते बस्ने भएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया