बिएल संवाददाता
भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राईफलसहित एक जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले फागुन १९ गते गोरखा जिल्ला पालुङटार नगरपालिका–९ घर भइ हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाईंलाई हतियारसहित पक्राउ गरेको सशस्त्र प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक बिष्णुप्रसाद भट्टले बताए।
एपीएफले सेढाईंको कोठाबाट राईफलसहित एसएलआरको गोली ४ वटा, प्लाष्टिक राउण्ड २ वटा, सर्ट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा सहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सेढाईंलाई आवश्यक कारवाहीको लागि एपीएफले नेपाल प्रहरीलाई बुझाइएको छ। उक्त राईफल तथा हतियारमा लाग्ने गोली गत भाद्र २३/२४ को आन्दोलनमा लुटिएको आशंका गरिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया