बिएल संवाददाता
इरानमाथि आक्रमणको विरोधमा अमेरिकाभरि प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारीले यो यसलाई ‘शान्तिपूर्ण’ भनेका छन्। केही दिनअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेका थिए।
यो आक्रमणमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनेईका सबै परिवारसहित कैयौ मन्त्ती तथा उच्च सरकारी अधिकारीहरू पनि मारिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो लडाईं अझै महिनौसम्म लम्बिन सक्ने बताएका छन्। तर इरान आफ्ना सबै परमाणु कार्यक्रमहरू स्थगित गरेर सम्झौतामा आउन चाहे अमेरिका तयार रहेको पनि उनले बताएका छन्।
अमेरिकामा उक्त आक्रमणविरुद्ध प्रदर्शनकारीहरूले ‘अन्त्यहीन, मूर्खतापूर्ण, अनैतिक र खतनाक युद्ध’का विरुद्ध विश्वभरि नै आवाज उठाउन पनि आह्वान गरेका छन्।
युद्धविरोधी ब्यानर तथा प्लेकार्डहरू बोकेका प्रदर्शनकारीले अमेरिकाका कैयौ मुख्य सहरमा एकसाथ प्रदर्शन गरेका थिए।
यसअघि पाकिस्तानमा पनि इरानमाथि आक्रमण भएको विरोधमा प्रदर्शन भएको थियो र अमेरिकी दुतावास प्रवेश गर्न खोज्दा भएको झडपमा कम्तीमा २० जना प्रदर्शनकारी मारिएका थिए।
यसैबीच इरानले पनि जवाफी आक्रमण अझ तीव्र बनाएको छ। उसले खासगरी अमेरिकी सैनिकका बेसक्याम्प र अमेरिकासँग ब्यापारिक सम्बन्ध रहेका खाडीका सबैजसो राष्ट्रहरूमा आक्रमण गरिरहेको छ।
सोमबारमात्रै इरानले साउदीस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण गरेको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया