बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको सम्मुखमा २०७४ सालको निर्वाचनताकाको बाम एकता सम्झिएका छन्।
भक्तपुर क्षेत्र नं. २ मा एमालेका नताकार्यकर्ताहरूलाई नेकपा प्रवेश गराउँदै उनले बामपन्थी एकतामा जोड दिएका हुन्। उनले बामपन्थी ध्रुवीकरण आजको एकदमै महत्वपूर्ण आवश्यकता भएको जिकिर गरे।
यसक्रममा प्रचण्डले २०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रले मिलेर चुनाव लडेको सम्झिए।
‘हामी २०७४ को निर्वाचनमा एक भएर निर्वाचन लड्यौं। पछि एउटै पार्टी पनि बनायौं। झण्डै दुई तिहाइ एक्लै एउटै पार्टीको भएको थियो। तर, नेतृत्व सही नहुँदा त्यत्रो शक्ति आर्जन गरेर जनताको त्यति ठूलो विश्वास जितेर पनि बचाउन सकिएन,’ उनले भने।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि अझ कम्युनिस्टहरूबीच एकता आवश्यक भएको उल्लेख गर्दै प्रचण्डले आफू एकता प्रक्रियामा रहेको बताए।
‘अहिले जेनजीको आन्दोलन, भदौ २४ गतेको घटनाक्रमपछि फेरि कम्युनिस्टहरू लाई एकतावद्ध गर्ने आवश्यकता झन बढ्यो। नेपाली कम्युनिस्ट पार्टी बनाउने प्रक्रिया अगाडि बढ्यो,’ प्रचण्डले भने, ‘एमालेबाट ठूलो संख्यामा केन्द्रका नेताहरूदेखि विभिन्न प्रदेशका मन्त्री र सांसदहरू अहिले दिनदिनै जस्तो नेपाली कम्युनिस्ट पार्टीमा जोडिने प्रक्रिया अगाडि बढिराखेकै छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया