बिएल संवाददाता
सल्यानमा मदिरा र चामल बोकेर हिँडेको रास्वपाको चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
बनगाड-कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा सोमबार बिहानै खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको हो।
सोमबार बिहान करिब ८ बजे गाडीमा ७ कार्टुन रक्सी, २ कार्टुन बियर, २ बोरा चामल र ३ कार्टुन खानेतेलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले बताए।
पार्टीको प्रचारप्रसारमा प्रयोग भएको उक्त गाडीमा पार्टी झण्डा, ब्यानर र साउण्ड बक्स थियो।
मतदान नजिक आइरहेको बेला निर्वाचन आचारसंहिता विपरीत गाडीमा मदिरा र खाद्यान्न बोकेर हिँडेको भेटिएपछि विरोध भएको थियो।
जीप चालक नन्द रानाले उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारी कृतिबहादुर रानाका लागि ढुवानी गरिएको दाबी गरेका छन्।
रास्वपा बनगाड-कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्तो सामग्री राखिनु चालकको कमजोरी भएको बताउँदै भुलवश वा अन्जानमा भएको गल्ती स्वीकार गर्दै पार्टीलाई यसबारे कुनै जानकारी नभएको दाबी गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया