बिएल संवाददाता
फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि ‘मौन अधवि’ सुरु भएको छ। यो भनेको उम्मेदवारहरूले मतदातालाई प्रभावित पार्ने सबैप्रकारका गतिविधिहरू बन्द गर्ने भनिएको हो।
आज र भोलि पहाड तथा तराईमा होली पर्वसमेत भएका कारण दिनभरिजसो उम्मेदवारहरू मतदातासँग होली खेलेर चुनाव प्रचार प्रसार गर्नेछन्। आज रातिदेखि भने उम्मेदवारहरू आन्तरिक छलफल तथा चुनावी खटनपटनका लागि तयारी गर्नेछन्।
तर प्रचार प्रसार भने गर्न पाइँदैन।
मौन अवधि भनेको निर्वाचनमा मतदान सुरु हुनुभन्दा ४८ घण्टाको समय हो। अर्थात् यो मतदान नसकिएसम्म लागु हुन्।
यस अवधिमा चुनावी प्रचारप्रसारका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी वा भेटघाटसमेत निषेध हुनेछन्।
त्यस्तै भौतिक वा कुनै पनि अनलाइन सामग्रीहरूको प्रयो पनि गर्न पाइँदैन। अर्थात् सामाजिक सञ्जालहरूमा समेत कुनै पनि प्रकारका प्रचार सामग्रीहरू राख्न पाइँदैन। यो भने सबैका हकमा लागु हुन्छ।
मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि नै मतदान स्थलभन्दा तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्छ।
आयोगले मौन अवधिमा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता पनि जारी गरेको छ। निर्वाचनमा मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नभएसम्म पत्रकार वा सञ्चारमाध्यमहरूले कुनै पनि विज्ञापन, निर्वाचन परिणामबारे लेखाजोखा वा निर्वाचनलक्षित विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम वा सामग्रीहरू प्रशारण/प्रकाशन गर्न पाइँदैन।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया