बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै लक्ष्यहरू हासिल नभएसम्म’ अमेरिकाले इरानमाथि घातक आक्रमण जारी राख्ने बताएका छन्। अमेरिकाको त्यो लक्ष्य भनेको अहिलेका लागि ट्रम्पले भन्दै आएको ‘आणविक हतियार केन्द्रहरु ध्वस्त पार्नु’ हो।
त्यो बाहेक इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको सारा वंश नै नाश गरेर इरानमा अमेरिकाले नयाँ सत्ताको बाटो खोलिदिइसकेका छन्। उक्त आक्रमणमा खामेनेईको सारा परिवारदेखि कैयौ मन्त्री र सरकारी उच्चअधिकारीहरूसमेत मारिएका छन्।
‘हाम्रो सैन्य अभियान पूरै शक्तिका साथ लागिरहेको छ। दुर्भाग्यवश केही अमेरिकीहरूको ज्यान गएको छ। त्यो अरु पनि हुनसक्छ। लडाईंमा यस्तै हुन्छ’ आक्रमणकै बीचमा ट्रम्पले एक भिडिओ सन्देशमा भनेका छन् ‘जसले मानवता र मानवसभ्यता विरुद्धको युद्ध सुरुवात गरेको थियो अमेरिकाले त्यस्ता आतंकवादीलाई सबैभन्दा कडा सजाय दिनेछ। जो निर्दोष मानिसहरू मारिएका छन् अमेरिकाले त्यसको बदला लिनका लागि यो आक्रमण सुरु गरेको हो।’
उनले इरानमा सत्ता परिवर्तन जरुरी भएको भन्दै त्यसका लागि इरानी जनतालाई तयार रहन पनि भनेका छन्। त्यस्तै उनले इरानका रिभोल्यूनसरी गार्ड्स तथा इरानी सैनिकहरूलाई पनि प्रत्याक्रमण नगर्न चेतावनी दिएका छन्।
‘यदि त्यसो गरिरहने हो भने अझ पीडादायी मृत्युका लागि तयार भए हुन्छ’ उनले भनेका छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया