बिएल संवाददाता
विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले हिरासतमा राख्न अनुमति दिएको हो।
प्रहरी स्रोतका अनुसार अनुसन्धान सकिएको अवस्थामा उनीविरुद्ध मुद्धा दर्ताका लागि सिफारिस गर्ने वा फागुन २१ गते निर्वाचन सकिएको साँझ रिहा गरिने टुंगो लाग्ने छ। अनुसन्धान नसकिए उनीविरुद्ध फेरि म्याद थप हुनसक्ने प्रहरीको भनाइ छ।
आइतबार मात्रै भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनी पटकपटक पक्राउ पर्दै र छुट्दै आएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया