बिएल संवाददाता
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग भइरहेको उजुरी प्राप्त भइरहेको जानकारी गराउँदै आयोगको ध्यानाकर्षण भएको जनाएको छ।
निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भए पनि राजनीतिक दल र उम्मेदवारहरूले झण्डा तथा निर्वाचन चिह्न बोक्न लगाउने कार्यमा बालबालिकालाई संलग्न गराएको भन्दै निर्वाचन आयोग मा उजुरीहरू परिरहेका आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए।
उजुरीहरू बढेपछि आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई सचेत गराएको छ।
आयोगले निर्वाचन आचारसंहिता २०८२ ले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै आचारसंहिता उल्लंघन भएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्ने चेतावनी दिएको छ।
आयोगले सबै पक्षलाई कानुनी व्यवस्था स्मरण गराउँदै कुनै पनि राजनीतिक गतिविधि तथा निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रत्यक्ष वा अप्रत्यक्ष प्रयोग नगर्न तथा उनीहरूको अध्ययन–अध्यापनमा असर पर्ने कार्य नगर्न आग्रह गरेको छ।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया