बिएल संवाददाता
निर्वाचनको मुखैमा नेपाली कांग्रेस नवलपरासी (सुस्ता)भित्र गम्भीर राजनीतिक हलचल देखिएको छ। क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण वडा कार्यसमिति सहित ३३ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
उनीहरूले नेपाली कांग्रेस नवलपरासी (सुस्ता)का सभापतिलाई संयुक्त राजीनामा पत्र बुझाउँदै आफ्नो योगदानको कदर नभएको, कार्यकर्ताको मनोभाव नबुझिएको तथा अनावश्यक आरोप मात्र लगाइने वातावरण सिर्जना भएको आरोप लगाएका छन्।
राजीनामा पत्रमा पार्टीका जिम्मेवार पदमा रहेका नेताहरूले कार्यकर्ताप्रति असहयोगी व्यवहार गरेको, पार्टीभित्र केही अराजक व्यक्तिहरूको हैकमवाद बढेको तथा निर्वाचन क्षेत्र नं. १ का संघीय सभापति मुकुलकुमार अर्चायले प्रलोभनमा परेर आफ्नै कार्यकर्तामाथि कारबाही गरेकोप्रति घोर आपत्ति जनाइएको उल्लेख छ।
‘उक्त व्यवहारले हामी सबैको मनमा ठेस पुगेको हुँदा नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी संयुक्त रूपमा राजीनामा पेस गरेका छौं,’ पत्रमा भनिएको छ ।
राजीनामा दिनेहरूमा क्षेत्रीय प्रतिनिधि तथा पूर्व जिल्ला समन्वय समिति सदस्य कृष्णबहादुर थापा मगर, श्रीनिवास कुर्मी, सतिषचन्द्र कुर्मी, संजित कुर्मी लगायत तीन दर्जन नेता कार्यकर्ता रहेका छन्।
पत्रको बोधार्थ वडादेखि जिल्ला कार्यसमितिसम्मलाई दिइएको छ। निर्वाचन हुन १० दिन मात्र बाँकी रहेको अवस्थामा पार्टीबाट तीन दर्जन नेताहरूको बहिर्गमनले स्थानीय तहमा नेपाली कांग्रेसलाई ठूलो राजनीतिक क्षति पुग्ने विश्लेषण गरिएको छ।


‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया