बिएल संवाददाता
रास्वपाले धोका दिएको भन्दै पार्टी परित्याग गरेको घोषणा गर्ने डा. श्रीबहादुर कुँवर रूपन्देही क्षेत्र नम्बर १ बाट डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को उम्मेदवार रहेको खुलासा भएको छ।
रास्वपाको रूपन्देही क्षेत्र नम्बर १ बाट उम्मेद्वार आकांक्षी रहेका डा. कुँवरसहित प्राइमरी चुनावमा सहभागी ६ जनालाई रास्वपा क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेको थियो। तर, प्राइमरी चुनावको परिणाम नै प्रकाशित नगरी बालेनका सल्लाहकार तथा रास्वपाका महामन्त्री सुनील लम्साल रूपन्देही १ बाट रास्वपा उम्मेदवार बनाइए।
अमेरिका सेटल भएका डा. कुँवरले आफूले रास्वपाबाट धोका पाएको भन्दै बिहीबार रास्वपा परित्याग गरेको घोषणा गरेका छन्। तर, गजबको कुरा के छ भने माघ २० गते रास्वपा छोडेको घोषणा गरेका डा. कुँवरले माघ ६ गते प्रलोपाबाट उम्मेदवारी दर्ता गरिसकेका थिए।
पार्टी सभापतिका नाममा लेखिएको राजीनामा पत्रमा उनले लेखेका छन्, ‘म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ, रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जिसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले प्राइमरी इलेक्सनमा सहभागी भएको थिएँ तर पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार चयन गर्यो।’
रुपन्देहीको देवदह नगरपालिका–२ निवासी डा. कुँवरले अमेरिकास्थित केनेडी विश्वविद्यालयबाट सार्वजनिक नेतृत्व तथा मानव संशाधनमा व्यवस्थापनमा विद्यावारिधि गरेका छन्। अभिवक्तासमेत रहेका उनले रुपन्देही भैरहवा नमुना क्याम्पसमा लामो समय प्राध्यापनसमेत गरेका छन्। अमेरिकामा समेत प्राध्यापन एवं विश्व वित्तीय कम्पनीमा सल्लाहकारका रूपमा काम गरेको उनीसँग अनुभव छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया