बिएल संवाददाता
राप्रपा प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार ज्ञानेन्द्र शाहीले रास्वपा उम्मेदवार विनिता कठायतले ‘ शाहीले रास्वपा र राप्रपा एउटै हो’ भन्दै भोट मागेको भन्दै लगाएको आरोपको जवाफ दिएका छन्।
एक भिडियो सन्देश जारी गर्दै जुम्लाबाट राप्रपा उम्मेदवारसमेत रहेका शाहीले आफ्नो उम्मेदवारी कुनै पार्टी र व्यक्तिविरुद्ध नभएको बताए।
शाहीले भनेका छन्, ‘मेरो उम्मेदवारी कुनै दलका विरुद्ध, कुनै पार्टीका विरुद्ध र कुनै व्यक्तिका विरुद्धमा होइन। मेरो उम्मेदवारी त केन्द्र सत्ताले सधैं जुम्लाका प्रतिनिधिलाई सम्झिने र गर्ने दास व्यवहार र दास प्रथाका विरुद्धमा हो। त्यसैले हामीले एउटै टेबलमा बसेर, एउटै कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु नै हाम्रो परम कर्तव्य हो।’
उनले कुनै दल र व्यक्तिका विरुद्ध भ्रामक प्रचारले व्यक्तिको चरित्रमाथि दाग लाग्ने मात्रै नभइ संसारभरि छरिएर रहेका नेपालीले जुम्लालाई र जुम्ली जनतालाई हेर्ने दृष्टिकोणमाथि पनि असर पर्ने जिकिर गरेका छन्।
उनले भनेका छन्, ‘कुनै दल र कुनै व्यक्तिका विरुद्धमा भ्रामक प्रचार, गलत चरित्र र चरित्रहीन कामहरू गर्नु र गलत प्रचारप्रसार गर्नुले हामी व्यक्तिको मात्र चरित्रमाथि दाग लाग्ने कुरा होइन। यसले संसारभरि छरिएर रहेका नेपालीले जुम्लालाई र जुम्ली जनतालाई हेर्ने दृष्टिकोणमाथि पनि असर पर्दछ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया