बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–१ का आकांक्षी डा. श्रीबहादुर कुँवरले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
प्राइमरी इलेक्सनमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका कुँवरले वरिष्ठ नेता बालेन साहका सल्लाहकारलाई टिकट दिएकोमा असन्तुष्टि जनाउँदै पार्टी छोडेका हुन्।
रास्वपाले देशभर प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने प्रक्रिया सुरु गरे पनि काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन साह समूह रास्वपामा विलय भएपछि उम्मेदवार छनोट प्रक्रिया बन्द गरेको थियो।
रास्वपाको भागमा परेका क्षेत्रमा प्राइमरी इलेक्सन र बालेन समूहको भागमा परेका क्षेत्रमा सिधै उम्मेदवार चयन गरिएको रास्वपाले जनाएको छ। रास्वपाका सदस्यहरू बहुमत रहेको निर्वाचन प्रक्रियामा बालेन समूहलाई जबरजस्ती मिसाउँदा अन्याय हुने भन्दै सो समूहको आग्रहमा रास्वपाले सिधै उम्मेदवार चयन गरेको थियो।
रुपन्देही–१ मा पनि कुँवरसहित ६ जनाको नाम सिफारिस भएको थियो। तर बालेन समूहबाट आएका सुनिल लम्साललाई सिधै उम्मेदवार बनाएपछि कुँवर असन्तुष्ट बनेका थिए।
उनले रास्वपाले समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिएर भ्रष्टाचारको नयाँ तरिका अपनाएको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन्।
पैसा लिएर पनि प्राइमरी इलेक्सन नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको उनले आरोप लगाएका छन्। अमेरिकामा सेटल भएको व्यक्तिलाई उम्मेदवार बनाउने आश्वासनमा बोलाएर धोका दिएको उनको गुनासो छ।
‘म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ, रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जीसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले दुई लाख रुपैयाँ खर्च गरेर आएर उम्मेदवार सिफारिस पनि भएँ, प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वासमा रहेँ । तर भएन,’ कुँवरले भनेका छन्, ‘रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका हो।’
रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर बिगारेको आरोप लगाएका कुँवरले आफू रवि लामिछाने वा अरु कसैले भने पनि रास्वपामा नफर्किने स्पष्ट पारे।

चुनावले संसद त दिने भो, सरकार चाँहि बन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया