बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।
एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा.साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन्।
आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आइतबार आयोजित एक कार्यक्रमका बीचमा डा.साहलाई पार्टीमा प्रवेश गराउँदै आजपा अध्यक्ष साहले देशको विकासका लागि अहिलेको व्यवस्था परिवर्तन हुनुपर्ने बताए।
अहिलेको राजनीतिक व्यवस्थाका कारण देश अस्थिरता आएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागि अहिलेको व्यवस्था परिवर्तन हुनुपर्ने बताए।

बेरोजगारी, भ्रष्टाचार बढेको र अनियमितताले मुलुकको अवस्था ठिक नभएको बताउँदै उनले भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए। भ्रष्टाचारी जुनसुकै राजनीतिक दल, समुदाय, क्षेत्रको भए पनि त्यसलाई कडा कारवाही गर्नुपर्ने साहले बताए।
‘तपाईं हामी सबैलाई थाहा छ, रोजगारका लागि अहिले युवाहरु विदेश गइरहेका छन्। यहाँको व्यवस्था ठिक छैन। राजनीतिक अस्थिरताले सबै क्षेत्र बिग्रेको छ। अहिलेको व्यवस्था नबदलिएसम्म केही ठिक हुनेवाला छैन’, आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार बढेको छ, अनियमितता बढेको छ। कुशासन, व्यथितिले समृद्ध नेपाल बनाउने हाम्रो चाहना र सपाना पुरा हुन सकिरहेको छैन।’
पछिल्लो समय आजपा भ्रष्टाचार, कुशासन, अनियमितता तथा लुटतन्त्रको विरुद्धमा संघर्षका कार्यक्रम गर्दै आएको छ। संघीय राजधानी काठमाडौँसहित देशैभरी आजपाले संघर्ष गरिरहेको छ। आजपाले विद्यार्थी अनुपात एवं विषयगत, तहगत शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै मधेस प्रदेशमा आन्दोलन गरिरहेको छ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीचमा एमाले परित्याग गरी मोरङ जिल्ला कमिटीका सदस्य एवं एमाले निकटको निर्माण व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव केदार रिजाल, एमाले मोरंग जिल्ला कमिटी एवं अनेमसंघका नेतृ सरस्वती खरेल रिजाल आजपामा प्रवेश गरेका थिए।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गर्ने लहर चलेको आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले जनाएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया