मङ्गलबार, २७ जनवरी २०२६

रवि लामिछाने अस्पताल भर्ना

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने खुट्टामा चोट लागेपछि अस्पताल भर्ना भएका छन्।

गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा चोट लागेको रविको सचिवालयले जनाएको छ। चोट गहिरिँदै गएपछि उनी शिक्षण अस्पताल भर्ना भएका हुन्।

छालाभित्र नै संक्रमण फैलिएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार नै भर्ना गरिएको सचिवालयले बतायो।

केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गराउनुपर्ने सचिवालयले जनाएको छ।

‘चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ’ सचिवालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

सचिवालयले अस्पताल व्यवस्थापनमा असर गर्ने भन्दै समर्थकहरूलाई अस्पतालमा नआउन आग्रह गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!