मङ्गलबार, २७ जनवरी २०२६

युवराज सफल पक्राउ

News Image
• • •

आफूलाई मुद्धालाल दाबी गर्ने युवराज सफल पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले सफललाई पक्राउ गरेको हो।

महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडियो बनाएको साथै अन्तर्वाता दिएको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता पवनकुमार भट्टराई बताए।

कारबाहीको लागि महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहित पत्राचार भएबमोजिम अनुसन्धान गर्दा पौडेलले तथ्यहीन कुरा गरेको देखिएको उनले बताए।

उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको एसपी भट्टराईले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!