बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले अब पनि बामपन्थीहरू एक्ला एक्लै हिँडेर नहुने बताएका छन्।
क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोहन वैद्य किरणसहित आफ्ना पुराना सहकर्मीहरूलाई एकतामा आउन आह्वान गरे।
उनले भने, ‘राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन।’
प्रचण्डले राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको र सामाजिक सञ्जालहरूमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरे।
उनले भने, ‘सोसल मिडियामा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै रोक्न सकिन्छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया