बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ मा पुगेर आफू चुनावमा अनुहार देखाएर हराइहाल्ने पाहुना नेता नबन्ने आश्वासन दिएका छन्।
मंगलबार सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सोही क्षेत्रका उम्मेदवारसमेत रहेका थापाले आफू सर्लाहीका जनतासँग केवल मत माग्नका लागि मात्र नआएको भन्दै यहाँको माटो र मानिससँग भावनात्मक सम्बन्ध गाँस्न चाहेको बताए।
थापाले आफू नौटङ्की र चटके कुरा गर्न नजान्ने भन्दै सर्लाही–४ का जनताको जिम्मेवार साथी, भाइ वा छोरा बनेर काम गर्ने बताए।
अन्य नेताहरू जस्तो चुनावका बेला हतारमा आउने, फोटो खिच्ने, हात हल्लाएर औपचारिकता निभाउने र पछि ‘छु मन्तर’ भएर हराउने प्रवृत्ति आफूमा नभएको उनको भनाइ छ।
आफूलाई कार्यकर्ताहरूले सम्बोधनका क्रममा स्थानीय भाषाका दुई–चार शब्द बोल्न सुझाव दिएको बताउँदै उनले आफू केवल ताली पाउनका लागि मात्र ‘नाटक’ नगर्ने स्पस्ट पारे।
‘मलाई साथीहरूले यहाँको भाषामा दुई लाइन बोल्नुपर्छ भन्नुभयो, तर म रातभरि रटेर एकछिनका लागि यहाँको भाषा बोलेको जस्तो गर्न चाहन्न। म यहाँको जनप्रतिनिधि भइसकेपछि ६ महिना वा एक वर्ष लागोस्, म यहाँको भाषा सिकेर, सबैलाई नामले चिनेर फरर भाषण गर्ने हैसियत बनाएरै छाड्छु।’
उनले आफू काठमाडौंको सांसद हुँदा गैर–नेवार भएर पनि त्यहाँको नेवार समुदायको संस्कृति, जात्रा र पर्वमा घुलमिल भएर विश्वास जितेका स्मरण गर्दै त्यसरी नै सर्लाहीको समुदायले पनि आफूलाई आफ्नो मान्छे ठानेर स्वीकार गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया