बिएल संवाददाता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी केही व्यक्तिहरूको कब्जामा परेको भन्दै सधैं यस्तो अवस्था नरहने बताएका छन्।
पत्नी डा. आरजु देउवा राणाको ६३औं जन्मदिनका अवसरमा महाराजगन्जस्थित निवासमा पुगेका कांग्रेस नेताहरूसँग देउवाले यो अवस्था सधैं नरहने भन्दै धैर्य गर्न आग्रह गरेका हुन्।
उनले नेताहरूसँग अहिलेको कठिन समय बितेर जाने बताएको महाराजगञ्ज पुगेका एक नेताले बताए। उनका अनुसार देउवाले वर्तमान सभापति गगन थापाले यसरी सबै सेटिङ मिलाएर भित्रभित्रै पार्टी कब्जा गर्लान् भन्ने सोच्दै नसोचेको बताएका छन्।
उनले चुनावको चटारोले पार्टी एकढिक्का राख्न पनि तत्काल थप निर्णय लिन नसकेको बताएका ती नेताले बताए। उनले तथाकथित विशेष महाधिवेशनबाट पार्टी गगनको कब्जामा गए पनि नियमित महाधिवेशनमा पार्टीको नेतृत्व आफूहरूमै फर्किने देउवाले नेताहरूलाई आश्वासन दिएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया